‘महिलाको नेतृत्व र सहभागिता बढी भएको ठाउँमा भ्रष्टाचार कम हुन्छ’

Samabesi
  |   
प्रकाशित मिति: जेष्ठ ०५, २०७८
29 Shares

भौतिक संरचना, सांस्कृतिक सम्पदाको संरक्षण, स्वास्थ्य तथा शिक्षालगायत क्षेत्रलाई योजनाबद्घ रुपमा अगाडि बढाएका छांै । हामीले गाउँपालिकाको समग्र विकासका लागि बीस वर्षीय विकास योजना तयार पारेका छौं । त्यो योजनाअनुसार कामहरु प्रक्रियामा अगाडि बढेको छ ।

गाउँपालिकाका योजना वा विकास निर्माणको काममा महिलाको अर्थपूर्ण सहभागिता रहेको हुनाले कामहरुमा कुनै किसिमको भ्रष्टाचार अहिलेसम्म पाइएको छैन ।

स्वाभाविक रुपमा महिला भएको ठाउँमा त्यस्ता कार्य हुँदैनन् र हुन पनि दिइँदैन । जसले गर्दा सुशासन कायम हुन्छ । महिलामाथि हुने विभेदको कम गर्नका लागि यो वर्षदेखि लागू हुने गरी छोरी बिमा कार्यक्रम लागू गरेका छौं ।

पालिकाको काम भनेको योजना बनाउने हो । त्यसको कार्यान्वयन वडास्तरबाट नै हुन्छ वा भनौ स्थानीय जनताको सहभागितामा हुन्छ, जसले गर्दा भ्रष्टाचार हुने सम्भावना न्यून हुन्छ ।

हामीले सानास्तरका योजना उपभोक्ता समितिमार्फत् गर्ने गरेका छौं भने ठूला योजनाहरु ठेक्का खुलााएर गर्ने गरेका छौं ।

सिस्ने गाउँपालिकामा अहिलेसम्म कुनै भ्रष्टाचारको मुद्दामा परेको छैन । संघीय सरकार र प्रदेश सरकारले विभिन्न ठूला तथा मझौला योजनाहरु ल्यााएका छन् जसले गर्दा पिछडिएका क्षेत्रहरुमा समेत विकास हुन लागेको छ ।

हामीले घरबारविहीन परिवारहरुलाई लालपुर्जासहित जग्गा हस्तान्तरण गरेका छौं । राष्ट्रियस्तरका परियोजनाहरु समेत हाम्रो पालिकामा सञ्चालन भएको हुँदा विकासका किरण देखिएको छ ।

हामीले भौतिक निर्माणको साथसाथै हरेक घरघरमा खानेपानीको धारा कार्यक्रम पनि लागू गरेका छौं । खानेपानीमा पनि शुद्ध पानी कसरी पुर्या‍उन सकिन्छ त्यसको बारेमा काम गरिरहेका छौ ।

त्यस्तैगरी कृषि क्षेत्रमा हामीले पकेट क्षेत्र बनाएर काम गरेका छौं । मौरीपालन, सुन्तला खेती, स्याउ खेती, पशुपालन, कुखरापालनलाई जोड दिएको छाै‌ । हामीले कसरी हुन्छ हाम्रा जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ त्यतातिर ध्यान दिएका छौं । जसले गर्दा संघीय सरकारले लिएको ‘समद्घ देश; सुखी नेपाली’ र प्रदेश सरकारले लिएको ‘समृद्घ प्रदेश; खुशी जनता’ नारालाई साकार बनाउन समेत सहयोग पुर्‍याउनेछ ।

यस पालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा समेत हामी लागेका छौ । नयाँ जिल्ला भएको हिसाबले पत्रकारिता क्षेत्र खासै फैलिन सकेको छैन । सुशासनका लागि सञ्चार क्षेत्रको ठूलो भूमिका हुने हुँदा त्यसको विकासमा लागिपरेका छौं । यसको लागि सिस्ने गाउँपालिका र स्थानीयहरु मिलेर संयुक्त एफएम सञ्चाल गरेर यसको प्रचारप्रसार गरेका छौ ।

Samabesi
प्रकाशित मिति: जेष्ठ ०५, २०७८
29 Shares