निषेधाज्ञामै नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

Samabesi
  |   
प्रकाशित मिति: जेष्ठ ०८, २०७८
29 Shares

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिए । “निषेधाज्ञा अगाडि दैनिक ५०० मजदुर सडक विस्तारको काममा खटिएका थिए”, आचार्यले भने, “निषेधाज्ञामा दैनिक ३०० मजदुर काममा छन् ।” निषेधाज्ञाका बेला घर गएका मजदुर काममा फर्किन नपाउँदा मजदुरको सङ्ख्या केही घटेको आचार्यले बताए ।

Samabesi
प्रकाशित मिति: जेष्ठ ०८, २०७८
29 Shares