चितवनमा एकैदिन आज २७९ जनालाई कोरोना सङ्क्रमण

samabesi
  |   
प्रकाशित मिति: बैशाख २८, २०७८
22 Shares

दाेस्राे लहरमा तीव्ररुपमा फैलिएको कोभिड – १९ का कारण पछिल्लाे २४ घण्टामा चितवनका थप २७९ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा २१८, रत्ननगर नगरपालिकामा १९, कालिका नगरपालिकामा १७, खैरहनी नगरपालिकामा ६, माडीमा ३, इच्छाकामना गाउँपालिकामा ३ जनामा कोरोना सङ्क्रमण देखिएको हाे । साेमबारसम्म चितवनका १४१ जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको छ । त्यसैगरी चितवनको अस्पतालकाे आइसोलेसनमा १८१ जना, घरमा आइसोलेसनमा दुई हजार ५०३ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना सङ्क्रमित नौ हजार ९२५ जना रहेका छन् ।

samabesi
प्रकाशित मिति: बैशाख २८, २०७८
22 Shares