कोरोना भाइरसको दोस्रो लहर बढेसँगै ‘कमेडी च्याम्पियन सिजन २’को नयाँ श्रृङ्खलाको छायांकन स्थगित भएको छ। कमेडी च्याम्पियन निर्माण युनिटले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएको हो।
लेखिएको छ ‘कोभिड-१९ का कारण सिर्जना भएको यो स्थितिका कारण हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं।’
अहिलेलाई छायांकन स्थगित गरिएको भए पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने टिमले जनाएको छ। साथै सबैलाई सुरक्षित बस्न समेत आग्रह गरेको छ।
‘कमेडी च्याम्पियन सिजन २’ ले १६ एपिसोडसम्म प्रसारण गरिसकेको छ। च्याम्पियनमा हाल टप ९ प्रतिस्पर्धी छन्।